१४ बैशाख २०८१, शुक्रबार

नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेलमा कोरोना संक्रमण पुष्टि


सुरेन्द्र कुमार पौडेल

काठमाडौं, असोज १५ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आयल निगमले बिहीबार एक विज्ञप्ती मार्फत् पौडेललाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

पौडेललाई १/२ दिनदेखि स्वास्थ्यमा समस्या देखिएको र मंगलबार गरिएको पिपिआर परीक्षणबाट कोरोना पोजेटिभ पुष्टि भएको विज्ञप्तीमा उल्लेख छ । तीन दिनदेखि सुख्खा खोकी लागेपछि उनी घरमै आइसोलेसनमा बसेका थिए ।

पौडेलको स्वस्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै घरको आइसोलेसनमा रहेको परिवारले जनाएका छन् । आफ्नो प्रत्यक्ष सम्पर्कमा रहेकाहरुलाई आवश्यक सर्तकता अपनाउन पौडेलले आग्रह गरेको निगमले जनाएको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेलमा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु