१४ बैशाख २०८१, शुक्रबार

डडेल्धुरा अस्पतालको प्रयोगशालामा २६ जनाको स्वाब रिपोर्ट पोजेटिभ


डडेल्धुरा अस्पताल

डडेल्धुरा, ३ असोज । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी र दार्चुलाका १८६ जनाको शुक्रबार नमूनम परीक्षण गर्दा २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डडेल्धुरा अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिस्ट जिनी गणेजुले जानकारी दिनुभयो ।

सङ्क्रमितमध्ये डडेल्धुरा जिल्लाका नवदुर्गा गाउँपालिकाका दुई र अमरगढी नगरपालिका एक, दार्चुलाको मार्मा गाउँपालिकाका २० र महाकाली नगरपालिकाका एक तथा बैतडीको पाटन नगरपालिकाका दुई गरी कूल २६ जना रहेको सो अस्पलालले जनाएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा २६ जनाको स्वाब रिपोर्ट पोजेटिभ

काँग्रेस नगर सभापतिद्वारा राहत वितरण

कोरोना भाइरसको सङ्क्रमण फैलिएयता नेपाली काँग्रेस अमरगढी नगर सभापति दानबहादुर पालले विपन्न, गरिब तथा आर्थिक अवस्था कमजोर परिवारलाई राहत वितरण गर्दै आएका छन् । उहाँले लकडाउन शुरु भएदेखि नै विपन्न र ज्यालादारीमा काम गर्ने तथा विभिन्न समस्यामा पर्दै आएका परिवारलाई खाद्यान्नलगायत विभिन्न सहयोग गर्दै आउनुभएको हो ।

नगर सभापति पालले कोरोना भाइरसका कारण प्रभावित भएका अमरगढी नगरपालिका—९ चमालेकका दलित बस्तीमा पनि खाद्यान्न बाँडेका छन् । यसैगरी उहाँले अमरगढी नगरपालिका—१० बिजोडा गाउँका एक परिवारलाई पनि नगद सहयोग गरेका छन् । बिजोडाका मोहनबहादुर बिष्टको २८ वर्षकै उमेरमा निधन भएको थियो । उनको परिवारको सहयोग गर्न पालले वडा सदस्य प्रेमबहादुर बिष्टलाई रु दुई हजार पाँच नगद उपलब्ध गराएका छन् । सभापति पाल समाजिक कार्यमा पनि अग्रसर रहेका छन् । उहाँले अहिलेको बेला मजदूर र छाक टार्न समस्यामा रहेका मानिसलाई सहयोग गर्नु नै ठूलो पुण्य रहेको बताउँदै आफूले क्षमता अनुसारको सहयोग गरेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु