काठमाडौं, ३१ भाद्र । कोरोना संक्रमित नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइराला अस्पताल भर्ना भएका छन् ।
उच्च ज्वरोका कारण उनलाई गएराति अस्पताल भर्ना गरिएको हो । यसअघि डा. कोइराला निवासमै आइशोलेशनमा थिए । कोइरालालाई २३ भाद्रमा कोरोना भाइरसको पुष्टि भएको थियो । डा. कोइरालाको अहिले आइसियुमा उपचार गरिरहेका छन् ।