, काठमाडौं उपत्यकामा आज देखियो ६७६ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा आज देखियो ६७६ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा आज देखियो ६७६ जनामा कोरोना संक्रमण

काठमाडौँ, भदौ ३० । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ६७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ५५५ जना, ललितपुर जिल्लाका ३५ जना र भक्तपुर जिल्लाका ८६ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन-कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०३७५ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ८ लाख ६१ हजार ७६० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १५७७९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ८१३९ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ७६४० जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७२५० जना रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १४५९ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६७८८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १०६२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४०६३८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज ५१२ जनामा कोरोना संक्रमण पुष्टि