१२ बैशाख २०८१, बुधबार

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३७१ पुग्यो


मृत्यु

काठमाडौँ, भदौ ३० । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ४ जना महिला र ७ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने महिलामा सिरहाकी १ जना, बाराकी १ जना, काठमाडौँकी १ जना र रुपन्देहीकी १ जना गरी ४ जना रहेका छन् भने मृत्यु हुने पुरुषहरुमा सर्लाहीका १ जना, बाराका १ जना, काठमाडौँका ३ जना, मकवानपुरका १ जना र कपिलबस्तुका १ जना गरी ७ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ४ जना महिलामा सिरहाकी ३५ वर्षीया, बाराकी ५५ वर्षीया, काठमाडौँकी ८६ वर्षीया र रुपन्देहीकी ६४ वर्षीया रहेका छन् । यस्तै मृत्यु हुने ७ जना पुरुषहरुमा सर्लाहीका ६४ वर्षीय, बाराका ५५ वर्षीय, काठमाडौँका ३४ वर्षीय, ९६ वर्षीय र ६६ वर्षीय गरी ३ जना, मकवानपुरका ६१ वर्षीय र कपिलबस्तुका ५८ वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३७१ पुग्यो

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ३६० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !