८ बैशाख २०८१, शनिबार

नेपालमा संक्रमितको संख्या ५६ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ १४५९ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, भदौ ३० । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १४५९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६७८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०३७५ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ८ लाख ६१ हजार ७६० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १५७७९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ८१३९ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ७६४० जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७२५० जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ५५५ जना, ललितपुर जिल्लाका ३५ जना र भक्तपुर जिल्लाका ८६ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १०६२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४०६३८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ५५ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ११७० संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !