१४ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९९१ पुग्यो


कोरोना भाइरस

पोखरा, भदौ २९ । गण्डकी प्रदेशमा आज बिहान थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९९१ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:४० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा नगरपालिकाका १७ जना र बाग्लुङ जिल्लाका २ जना गरी थप नयाँ १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमितमध्ये बागलुङ बडिगाड-१ र ५ का २ जना विदेशबाट आएर क्वारेन्टिनमा बसेकाहरु रहेका छन् भने कास्कीको पोखरा महानगरपालिकाको वडा नम्बर ४ र १७ मा भेटिएका ७ जना नेपाल प्रहरीमा कार्यरत छन् । कास्की जिल्ला, पोखरा महानगरपालिका- ३३ का २३ बर्षीय पुरुष, १४ का ३६ बर्षीय पुरुष, १७ का २७ बर्षीय पुरुष भारतबाट र ७ का ४४ बर्षीय पुरुष जापानबाट आई क्वारेन्टाइनमा बसेका छन् ।

पोखरा महानगरपालिका-८ का २१ बर्षीय महिला पोखरा महानगरपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी हुन् । अन्य सबै कोरोना संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । उनीहरु सवैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

 कोरोना भाइरस

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९६८ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु