२२ बैशाख २०८१, शनिबार

बैतडीका १० जनासहित सुदूरपश्चिमका थप ११ जनामा कोरोना संक्रमण पुष्टि


डडेल्धुरा अस्पताल

डडेल्धुरा, असोज ८ । बैतडी जिल्लाका १० जनासहित सुदूरपश्चिमका थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने संक्रमितमध्ये १ जनाको मृत्यु भएको । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ११ कोरोना संक्रमण पुष्टि भएको हो ।

असोज ८ गते ४३ जनामा गरिएको कोरोना परीक्षणमा थप ११ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ३२ जनाको रिपोर्ट नेगेटिभ आएको डडेल्धुरा अस्पतालका कोभिड-१९ परीक्षण प्रयोगशालाका ईन्चार्ज ईश्वरी प्रसाद भूषालले जानाकरी दिएका हुन् ।

डडेल्धुरा अस्पतालमा आज संक्रमितहरुमध्ये बैतडी जिल्ला चुर्चौडी नगरपालिकाका ९ जना, पाटन नगरपालिकाका १ जना गरी १० र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका १ पुरुषमा कोरोना संक्रमणका कारण मृत्यु समेत भएको छ ।

यो पनि पढ्नुहोस्

बझाङका १० जनासहित सुदूरपश्चिमका थप १२ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !