२१ बैशाख २०८१, शुक्रबार

बझाङका १० जनासहित सुदूरपश्चिमका थप १२ जनामा कोरोना संक्रमण पुष्टि


डडेल्धुरा अस्पताल

डडेल्धुरा, भाद्र २१ । बझाङका १० जनासहित सुदूरपश्चिमका थप १२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १२ कोरोना संक्रमण पुष्टि भएको हो ।

भदौ २१ गते २८१ जनामा गरिएको कोरोना परीक्षणमा थप १२ जनामा कोरोना पोजेटिभ देखिएको छ भने २६९ जनाको रिपोर्ट नेगेटिभ आएको डडेल्धुरा अस्पतालका कोभिड-१९ परीक्षण प्रयोगशालाका ईन्चार्ज ईश्वरी प्रसाद भूषालले जानाकरी दिएका हुन् ।

डडेल्धुरा अस्पतालमा आज संक्रमितहरुमध्ये बझाङका १० र डडेल्धुराका २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । उनका अनुसार बझाङको बुङ्गल नगरपालिकाका १० जना र डडेल्धुराको अमरगढी नगरपालिकाका २ जनामा संक्रमण देखिएको हो।

डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिममा १२ जनामा संक्रमण पुष्टी

यो पनि पढ्नुहोस्

बझाङका ९ जनासहित सुदूरपश्चिमका थप १० जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !