१३ बैशाख २०८१, बिहिबार

बझाङका ९ जनासहित सुदूरपश्चिमका थप १० जनामा कोरोना संक्रमण पुष्टि


डडेल्धुरा अस्पताल

डडेल्धुरा, भाद्र १६ । बझाङका ९ जनासहित सुदूरपश्चिमका थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १० कोरोना संक्रमण पुष्टि भएको हो ।

भदौ १७ गते २९० जनामा गरिएको कोरोना परीक्षणमा थप १० जनामा कोरोना पोजेटिभ देखिएको छ भने २८० जनाको रिपोर्ट नेगेटिभ आएको डडेल्धुरा अस्पतालका कोभिड-१९ परीक्षण प्रयोगशालाका ईन्चार्ज ईश्वरी प्रसाद भूषालले जानाकरी दिएका हुन् ।

डडेल्धुरा अस्पतालमा आज संक्रमितहरुमध्ये बझाङका ९ र डडेल्धुराका १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । बझाङको दुर्गाथली गाउँपालिकामा ३ जना, मष्ठा गाउँपालिकामा ३ जना, जयपृथ्वी नगरपालिकामा २ जना र तल्कोट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै डडेल्धुराको अमगगढी नगरपालिकामा १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

बझाङका ९ जनासहित सुदूरपश्चिमका थप १० जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

बझाङका ३८ जनासहित सुदूरपश्चिमका एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !