२२ बैशाख २०८१, शनिबार

चितवनका थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, भदौ २५ । चितवनमा थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ २४ गते ३१९ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा १४ वटा नमुनाको नतिजा पोजेटिभ र ३०५ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

चितवनमा संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका १३ जना र रत्ननगर नगरपालिकाका १ जनामा मा संक्रमण पुष्टि भएको छ । बुधबार राति १२ बजे आएको रिपोर्ट अनुसार भरतपुरका १३ जनामध्ये ७ जना पुरूषहरु र ६ जना महिलाहरु रहेका छन् । उनीहरू २१ वर्षदेखि ७० वर्षसम्म उमेर समूहका छन् । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।

यस्तै रत्ननगरका २ कि २४ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । चितवनमा कोरोना संक्रमितको संख्या १०८५ जना पुगेको छ । भरतपुर महानगरमा मात्रै ७२१ जना संक्रमित पुगेका छन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

चितवनका ११ जनासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !