२१ बैशाख २०८१, शुक्रबार

चितवनका ११ जनासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, भदौ २४। चितवनमा थप १२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ११ जनासहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ २३ गते २५७ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा १२ वटा नमुनाको नतिजा पोजेटिभ र २४५ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

चितवनमा संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ९ जना, माडी नगरपालिकाका २ जना र सिन्धुपाल्चोकका १ जनामा संक्रमण पुष्टि भएको छ । भरतपुरमा पुष्टि भएकाहरूको नमुना भरतपुर अस्पताल स्वाब संकलन केन्द्र र पुरानो मेडिकल कलेज तथा माडीमा क्वारेन्टिनबाट संकलन गरिएको थियो।

भरतपुर महानगरपालिकाका ७ महिला र २ पुरुष गरी ९ जना कोरोना संक्रमितहरु ९ वर्षदेखि ५४ वर्ष उमेर समूहका रहेका छन् । चितवनकै माडी नगरपालिकाका १८ महिने बालक र २७ वर्षीय युवकमा पनि कोरोना संक्रमण देखिएको छ । यस्तै सिन्धुपाल्चोकका ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा १० जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !