३० कार्तिक २०८१, शुक्रबार

नोबेल कोरोना भाइरसबारे महत्वपूर्ण तथ्य यस्तो छ


कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नोबेल कोरोना भाइरस अति नै खतरनाक भाइरस हो । यसको औषधि बन्ने वाला पनि छैन । यसले मार्ने भनेको मुटुको रोगी, मधुमेहको रोग, निमोनियाको रोगी आदि प्रमुख छन् । यसको औषधि छैन न चाँडो बन्ने आशा गर्न सकिन्छ ।

जुनसुकै देशले यसको भ्याक्सिन बनाएपनि WHO को मापदण्ड अनुसार नबन्ने निश्चित छ । यसको सटिक उपचार र विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार यदि यस्को भ्याक्सिन बनाउने हो भने कोरोनासंग लड्ने क्षमता भएको अर्को कोरोना उत्पादन गरेर मानिसको शरीरमा प्रवेश गराउन सकेमा मात्र भाइरसको उपचार सम्भव छ ।

फलाम काट्न सिसा होइन फलाम नै चाहिन्छ । यदि हामीले यो सिद्धान्तलाई प्रयोगमा ल्याउन सक्छौं भने मात्र हामीले नयाँ कोरोनालाई नियन्त्रण गर्न सक्षम हुनेछौं । स्वस्थ शरीरमा यदि रोगसंग लड्ने छमताको अभाव छ भने त्यस्तो अवस्थामा हामी रोगी बन्न पुग्दछौं ।

हामीले भाइरस कै कुरा गर्ने हो भने दादुरा पनि एक प्रकारको भाइरस हो यो अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाईरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक भाइरस हो ।

तर यो भाइरस भने सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ । तर यस्तो भाइरसको पनि उपचार भइसकेको वर्तमान अवस्थामा किन नोबेलको भ्याक्सिन बन्न सकिरहेको छैन ।

नेपालमा गम्भीर समस्या नदेखिनु र मृत्यु नहुनुको कारण धेरैलाई कोभिड १९ नहुन सक्छ । तर सार्स सीओभी २ कोरोना समूहको सबैभन्दा सानो भाइरस हो र यसको संक्रमण भएमा कोभिड १९ रोग हुने हो । नेपालमा संक्रमित हुने धेरैलाई कोभिड भएको छैन । कोभिड नभएकै कारणले गम्भीर बिरामी नभएका हुन् ।

मानिसहरूमा एक प्रकारको कोरोना पहिले नै थियो, त्यसैले व्यापक फैलिएन जसलाई अनुसन्धानले पनि पुष्टि गरिसकेको छ । यसैको कारण नेपालमा संक्रमण व्यापक नभएको विज्ञहरुको तर्क छ । जोन हप्किन्स विश्वविद्यालयले सन् २०११-१४ सम्म केहि जिल्लामा गरेको अध्ययनले नेपालमा एक प्रकारको कोरोना भाइरस रहेको देखाएको थियो ।

नेपालमा कोरोना सक्रमित चाढो नबढ्नुको अर्को महत्वपूर्ण पक्ष भनेको विभिन्न खालका मसला, जडिबुटी, बेसार जस्ता बस्तु पनि महत्वपूर्ण छन् । घरमै पकाएर खाने खाना र परम्परागत खानाको सिधा सम्पर्क मान्छेको रोग प्रतिरोधात्मक क्षमतासँग गाँसिएको हुन्छ ।

सवैभन्दा अर्को महत्वपूर्ण पक्ष हात धोएर खाने परम्परा पनि एक हो । तर अहिले समय परिवर्तन भयो मानिसहरू घरको खानामा भन्दा बजारको कृतिम खानामा बढी जोड दिनाले रोगको दलदलमा फसेको देखिएको छ । अब समय परिवर्तन भइसकेको छ । बजारको खानामा भन्दा घरको खाना बढी पौष्टिक हुने हुनाले घरकै खाना खाउ भन्ने हाम्रो राय छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !