४ जेष्ठ २०८१, शुक्रबार

चितवनका १४ जनासहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि


चितवन मेडिकल कलेज

चितवन, भदौ २२ । चितवनमा थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका १४ जनासहित थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजको ल्यावमा भदौ २१ गते १५९ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा २२ वटा नमुनाको नतिजा पोजेटिभ र १३७ वटा नमुनाको नतिजा नेगेटिभ रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा चितवनका १४ र ८ जना अन्य जिल्लाका रहेका छन् । कोरोना संक्रमितमध्ये भरतपुर महानगरपालिकाका १३ जना र रत्ननगर नगरपालिका-१ की ५४ वर्षीया महिला १ जना रहेकी छन् ।

साथै पूर्व नवलपरासी गैंडाकोट नगरपालिकाका ४ जना र कावासोती नगरपालिकाका १ जना, नवलपरासी पश्चिम बर्दघाटका १ जना, मकवानपुर र बाराका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

चितवनका १९ जनासहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !