४ जेष्ठ २०८१, शुक्रबार

गण्डकी प्रदेशका प्रहरी प्रमुखमा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

पोखरा, भदौ २१ । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी प्रहरी नायब महानिरीक्षक (डिआइजी) घनश्याम अर्यालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

केही दिनअघि सोही प्रदेशमा कार्यरत एसएसपी नर बहादुर केसीलाई संक्रमण देखिएपछि अर्यालको स्वाब संकलन गरिएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनी आइसोलेसनमा बसेका छन् । उनको अवस्था सामान्य भएकोले उनी आफ्नै घरमा आइसोलेसनमा बसेका छन् ।

उनको स्वाब बिहीबार परीक्षण गरिएको थियो । उनीसँगै अर्का १ जना प्रहरी कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको छ ।

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !