२१ बैशाख २०८१, शुक्रबार

चितवनका २८ जनासहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

चितवन, भदौं २० । चितवनका थप २८ जनासहित थप ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २८ सहित ३६ जनामा संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरू १० वर्षदेखि ७३ वर्षसम्म उमेर समुहका रहेका छन् ।

भरतपुर अस्पतालको प्रयोगशालामा चितवनका ७ जना सहित थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर महानगरका ४ जना पुरुषहरु र ३ जना महिलामा कोरोना पोजेटिभ देखिएको छ । नवलपुरको गैंडाकोट र रुपन्देहीका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार आएको नतिजा अनुसार चितवनको भरतपुर महानगरपालिकाम आ थपिएका कोरोना संक्रमितहरुमा भरतपुरका-६, १०, ११ र १४ का रहेका छन् । उनीहरु १४ वर्षदेखि ४७ वर्षसम्म उमेर समूहका रहेका छन् । यसैगरी गैँडाकोट, नवलपुरका ६० वर्षीय १ जना पुरुष र रुपन्देहीका ४२ वर्षीय १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १९ जना, रत्ननगर र राप्ती नगरपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ गरिएको परीक्षणमा मकवानपुरका २ जना, रुपन्देही, काठमाडौं, पर्सा र गुल्मीका १/१ जनामा पोजेटिभ देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !