४ जेष्ठ २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३५२ पुग्यो


कोरोना भाइरस

पोखरा, भदौ १९ । गण्डकी प्रदेशमा आज बिहान थप ४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३५२ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:१० बजे प्रेस बिज्ञप्ति जारी गर्दै ४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा तनहुँको भानु नगरपालिका-७ का १ जना ५५ वर्षीया महिला १ जनामा कोरोना संक्रमण देखिएको हो ।

साथै क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा कास्कीको पोखरा महानगरपालिकाका १६ जना, लमजुङका ३ जना, बागलुङ, स्याङ्जा र तनहुँका १, १ जना गरी ३ जना तथा नवलपरासी सुस्ता पूर्व गैडाकाेटका १६ जना र देबचुलीका १ जना रहेका छन् ।

कोरोना संक्रमित ४० जनामध्ये ७ जना नेपाल प्रहरीमा कार्यरत जवान रहेका गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । कास्की जिल्ला, पोखरा महानगरपालिका-१५ का ७ जना नेपाल प्रहरीमा कार्यरत रहेका छन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा दुवैजना महिला पे क्लिनिकमा परीक्षण गर्न आएका हुन् । अन्य सबै कोरोना संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३५२ पुग्यो

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२६४ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !