१४ बैशाख २०८१, शुक्रबार

बाँकेका ३७ जनासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, भदौ १९ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ३७ जनासहित थप ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो १:४५ बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ४२१ वटा नमूना परीक्षण गर्दा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका ३७ जना र बर्दियाका ६ जनामा रहेका छन् । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा २८ जना पुरुषहरु र १५ जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या १६९८ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ३६३०८ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ३६२०८ वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु