१४ बैशाख २०८१, शुक्रबार

चितवनका १७ जनासहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, भदौं १९ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७ जनासहित १८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ १८ गते ३०२ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा १८ वटा नमुनाको नतिजा पोजेटिभ र २८४ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा परीक्षण गरिएका स्वाबको नतिजा हिजो  बिहीबार राति १२ बजे प्रकाशित गर्दै चितवनका १७ र रौतहटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका-२, ५, ६, ७, १० र ११ का मात्रै १४ जनामध्ये २१ देखि ८० वर्षका ८ जना पुरुषहरु र २३ देखि ५९ वर्षका ६ जना महिलाहरु रहेका छन् । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो ।

यस्तै खैरहनी नगरपालिकाका थप ३ जनामा संक्रमण देखिएकामध्ये २२ वर्षका १ जना पुरुष, ३४ र ३१ वर्षका २ जना महिलाहरु रहेका छन् । उनीहरु तीनै जना क्वारेन्टिनमा थिए । यस्तै रौतहटका ३३ वर्षीय पुरुष १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।

चितवनका १७ जनासहित १८ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

चितवनका ३८ जनासहित ३९ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु