१४ बैशाख २०८१, शुक्रबार

चितवनका ३८ जनासहित ३९ जनामा कोरोना संक्रमण पुष्टि


चितवन, भदौं १७ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३८ जनासहित ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ १७ गते २१८ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ३९ वटा नमुनाको नतिजा पोजेटिभ र १७९ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा परीक्षण गरिएका स्वाबको नतिजा आज बुधबार राति ७:२५ बजे प्रकाशित गर्दै भरतपुर महानगरपालिकाका १९ जना, रत्ननगर नगरपालिकाका ८ जना, कालिका नगरपालिकाका ५ जना र माडी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । यस्तै सर्लाहीका १ जनामा पनि कोरोना पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३९ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु