४ जेष्ठ २०८१, शुक्रबार

चितवनका ६१ जनासहित ६५ जनामा कोरोना संक्रमण पुष्टि


चितवन मेडिकल कलेज

चितवन, भदौं १३ । चितवनमा आज बिहिवार बिहान थप ६५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर-१० स्थित चितवन मेडिकल कलेजको कोभिड ल्याबमा भदौ १२ गते गरिएको १९६ वटा नमुनाको परीक्षणमा चितवनका ६१ जनासहित ६५ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका माइक्रोवायोलोजिष्ट डा. नविन कुमार चौधरीले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका २२ जना, राप्तीका १ जना, रत्ननगर नगरपालिकाका ३८ जना, नवलपरासी गैडाकोटका १ जना, तनहुँको भानु नगरपालिकाका १ जना, रुपन्देहीका १ जना र पाल्पाका १ जना रहेका छन् ।

चितवनका ६१ जनामा कोरोना संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै रत्ननगर नगरपालिका-४ मा ३७ जनामा रहेका छन् । जसअनुसार रत्ननगर-४ का ३५ जना पुरुषहरु, २ जना महिला तथा रत्ननगर-१० का १ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । यस्तै चितवनको राप्ती-८ का २३ वर्षीया महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भरतपुर महानगरपालिकाका ४ जना महिलाहरु तथा १९ जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो । भरतपुर-२ मा १ जना पुरुष, वडा नम्बर ४ मा १३ जना पुरुषहरु तथा २ जना महिला, वडा नम्बर ६ मा १ जना पुरुष, वडा नम्बर १० मा २ जना पुरुष, वडा नम्बर १४ र २८ मा १/१ जना पुरुष तथा वडा नम्बर १९ मा १ जना महिलामा कोरोना पुष्टि भएको छ ।

साथै नवलपरासी पूर्वको गैँडाकोट-१० का ४६ वर्षीय पुरुष, तनहूँको भानु-४ का ३३ वर्षीय पुरुष, रुपन्देहीको लुम्बनी-३ का ३२ वर्षीय पुरुष र पाल्पाको रम्भा-३ का ६४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनका ६१ जनासहित ६५ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !