, आज थपिए कोरोनाका नयाँ ८८४ संक्रमित, नेपालमा संक्रमितको संख्या ३७ हजार नाघ्यो

नेपालमा संक्रमितको संख्या ३७ हजार नाघ्यो, आज एकैदिन थपिए कोरोनाका नयाँ ८८४ संक्रमित

आज थपिए कोरोनाका नयाँ ८८४ संक्रमित, नेपालमा संक्रमितको संख्या ३७ हजार नाघ्यो

काठमाडौँ, भदौ १३ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ८८४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७३४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११५१६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ६ लाख ६९ हजार ६२६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १६५७८ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा १०१४५ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ६४४५ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ८०३५ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १५५ जना, ललितपुर जिल्लाका १९ जना र भक्तपुर जिल्लाका १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३१३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २०५५५ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ३६ हजार नाघ्यो, आज एकैदिन थपिए कोरोनाका नयाँ ९२७ संक्रमित