, काठमाडौं उपत्यकामा आज देखियो १८६ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा आज १८६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज देखियो १८६ जनामा कोरोना संक्रमण

काठमाडौँ, भदौ १३ । काठमाडौं उपत्यकामा आज १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १५५ जना, ललितपुर जिल्लाका १९ जना र भक्तपुर जिल्लाका १२ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै उच्च ४१५ जनामा कोरोना संक्रमण पुष्टि