२२ कार्तिक २०८२, शनिबार

राष्ट्रिय राजनीतिमा मात्रै कुराकानी भयो : विद्या भण्डारी


विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय राजीतिबारे मात्र कुराकानी भएको बताएकी छन् ।

आज आइतबार पार्टी कार्यालय च्यासलमा अध्यक्ष ओलीसँग भएको भेटवार्तापछि भण्डारीले राष्ट्रिय राजनीतिका विषयमा मात्रै कुराकानी भएको बताउँदै अरू विषय आधिकारिक च्यानलबाट जानकारी आउने बताइन् ।

अध्यक्ष ओलीसँगको भेटपछि पूर्वराष्ट्रपति भण्डारीले भनिन्–”राष्ट्रिय राजनीतिका विषयमा मात्रै कुराकानी भयो । अरू विषय आधिकारिक च्यानलबाट जानकारी आउँछ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !