४ बैशाख २०८१, मंगलबार

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २०० नाघ्यो


काठमाडौँ, भदौ १३ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ३ जना महिलाहरु र ९ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । उनका अनुसार मृतक महिलामा पाल्पा, काठमाडौं र भक्तपुरका १/१ जना गरी ३ जना रहेका छन् । यस्तै पुरुषमा पर्सा र ललितपुरका २/२ जना तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १/१ जना ९ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ३ जना महिलाहरुमा पाल्पाकी ३० वर्षीया महिला, काठमाडौँकी ५१ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया महिला रहेका छन् ।

यस्तै मृत्यु हुने ९ जना पुरुषहरुमा पर्साका ४८ वर्षीय पुरुष, पर्साका ३९ वर्षीय पुरुष, सिरहाका ८४ वर्षीय पुरुष, गोरखाका ३८ वर्षीय पुरुष, कास्कीका ५८ वर्षीय पुरुष, काठमाडौँका ८३ वर्षीय पुरुष, ललितपुरका ७२ वर्षीय पुरुष, ललितपुरका ६१ वर्षीय पुरुष र भक्तपुरका ८२ वर्षीय पुरुष रहेका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या १९५ पुग्यो

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !