२२ कार्तिक २०८२, शनिबार

‘डार्क फाइल’को अडियो प्रकरणमा दोषी ठहर राजकुमार तिम्सिना पक्राउ


राजकुमार तिम्सिना

विराटनगर । ‘डार्क फाइल’को फेक अडियो प्रकरणमा दोषी ठहर राजकुमार तिम्सिना पक्राउ परेका छन् । ‘डार्क फाइल’को अडियो प्रकरणमा दोषी ठहर तिम्सिनालाई आज इटहरीबाट प्रहरीले पक्राउ गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो बनाएको घटनामा मुछिएका तिम्सिना पक्राउ परेका हुन् । उनले सिधाकुरा डटकमको ‘डार्क फाइल’ कार्यक्रमलाई फेक अडियो उपलब्ध गराएको अभियोगमा सजाय तोकिएका तिमल्सिना पक्राउ परेका हुन् ।

सर्वोच्चका न्यायाधीश, कानुन व्यवसायी र पत्रकारलाई लाञ्छना लगाउने गरी तयार गरिएको सो अडियो ‘फेक’ भएको पुष्टि भएको थियो । उनलाई सर्वोच्चले दोषी ठहर गर्दै गत असोजमा ६ महिना सजाय तोकेयता फरार रहेका थिए ।

सर्वोच्चको ९ न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासले तिमल्सिनालाई फेक अडियो बनाएको ठहर गर्दै माफी माग्ने अवसर पनि दिएको थिएन। रकम तिरेर कैदबाहिर बस्ने सुविधा पनि उनले नपाउने गरी सर्वोच्चले असोज १३ गते फैसला सुनाएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !