८ कार्तिक २०७७, शनिबार

नेपालमा संक्रमितको संख्या ३६ हजार नाघ्यो, आज एकैदिन थपिए कोरोनाका नयाँ ९२७ संक्रमित



प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, भदौ १२ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ९२७ जनामा पुष्टि भएको छ । जसमा ३३४ जना महिलाहरु र ५९३ जना पुरुषहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६४५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०२२९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ६ लाख ५८ हजार ११० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १६०१९ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ९५७३ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ६४४६ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ८९३९ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै उच्च ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ३५० जना, ललितपुर जिल्लाका ११ जना र भक्तपुर जिल्लाका ५४ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १६९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २०२४२ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ३५ हजार नाघ्यो, आज एकैदिन थपिए कोरोनाका नयाँ ११११ संक्रमित



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, कार्तिक ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएकी छिन् । कोरोना महामारीका कारण विगतका

काठमाडौं, कार्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) संक्रमितले आफ्नो उपचार गर्न सक्दिनँ भन्ने स्वघोषणा गरे खर्च

काठमाडौं, कार्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको दशैंमा सर्वसाधारणका लागि टीका नलगाइदिने भएका छन् । आज शुक्रवार

काठमाडौँ, कार्तिक ७ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा २३५७ जनासहित २७२० जनामा कोरोना भाइरस (कोभिड-१९)