, कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३१९ पुग्यो

कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३१९ पुग्यो

कर्णाली प्रदेशमा थप ६ जनामा देखियो कोरोना, संक्रमितको संख्या २३१९ पुग्यो

सुर्खेत, भदौ १० । कर्णाली प्रदेशमा आज दिउसो ६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३१९ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका ४ जना, भक्तपुरका १ जना र भारतको बनारसका १ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई १२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २०१९ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल २९४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३१९ पुग्यो