२२ बैशाख २०८१, शनिबार

कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२४० पुग्यो


कर्णाली प्रदेश

सुर्खेत, भदौ ६ । कर्णाली प्रदेशमा आज दिउसो १५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २२४० जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल, दैलेख र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला, रुकुम पश्चिममा गरिएको परीक्षणबाट थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका २ जना, नवलपरासी सुस्ता पूर्व १ जना, बाँकेका १ जना, जुम्लाका २ जना, बर्दियाका १ जना, दैलेखका २ जना र रुकुम पर्श्चिमका ६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई २४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १९६९ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल २६५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२४० पुग्यो कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२४० पुग्यो

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा थप ६२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२२५ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !