१४ बैशाख २०८१, शुक्रबार

सीसीएमसीको बैठक बालुवाटारमा जारी : कोरोना नियन्त्रणको भावी रणनीति तय गर्ने


सीसीएमसी

काठमाडौं, भदौ ३ । कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा भावी कदम र व्यवस्थापन मिलाउन कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसिरहेको छ । जारी बैठकले कोरोना रोकथामबारे भावी रणनीति तय गर्ने बारेमा निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

देशमा पछिल्लो समय समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले कडाई गर्ने रणनीति अख्तियार गरेको छ । सरकारले संक्रण उच्च भएका स्थानहरुमा निषेधाज्ञा गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले भोलीदेखि एक हप्ता लामो निषेधाज्ञा जारी गरेका छन् ।

काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गएपछि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सुझावमा आज बुधबार राति १२ बजेबाट उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा ६८१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १५९ जना उपत्यकाका मात्र रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु