१४ बैशाख २०८१, शुक्रबार

अछाम-२ का सांसद यज्ञबहादुर बोगटीमा कोरोना संक्रमण पुष्टि


यज्ञबहादुर बोगटी

काठमाडौँ, भाद्र ३ । प्रतिनिधि सभाका संसद् यज्ञबहादुर बोगटीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अछाम क्षेत्र नम्बर २ वाट निर्वाचित सांसद बोगटीलाई कोरोना पोजेटिभ देखिएको हो । उनी काेराेना पुष्टि हुने तेस्रा सांसद हुन् ।

उनी हाल कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा बसेका छन् । साउन ३० मा पीसीआर गरेका उनको रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा गएका हुन् । नेकपाका महासचिव विष्णु पौडेलका पीएसओलाई पोजिटिभ देखिएपछि बोगटी र उनका पीएले पनि स्वाब दिएका थिए ।

तर तीन दिनअघि कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । तर उनका फेरि परीक्षण गर्दा हिजो मंगलबार कोरोना पोजेटिभ भएको रिपोर्ट आएकाे हो । यसअघि प्रतिनिधि सभाका सांसद प्रदीप यादवलाई कोरोना लागेको थियो । प्रदीप यादव भने कोरोनामुक्त भइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु