४ जेष्ठ २०८१, शुक्रबार

गण्डकी प्रदेशमा आज थप १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७२१


कोरोना भाइरस

३२ साउन, पोखरा । गण्डकी प्रदेशमा आज बिहान र दिउसो थप १२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७२१ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ९:३० बजे, बिहान १०:४५ बजे र दिउसो १:४५ बजे ३ वटा प्रेस बिज्ञप्ति जारी गर्दै १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

बिहान ९:३० बजे अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित हुनेहरुमा तनहुँको व्यास नगरपालिका-१ का ४ जना र कास्कीको पोखरा महानगरपालिका-८, ३२, २८ र २६ का ५ जना रहेका छन् ।

यस्तै बिहान १०:४५ बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ १ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमित हुनेमा पर्बत जिल्ला, बिहादी गाउँपालिका-५ का ३५ वर्षीय पुरुष १ जना रहेका छन् ।

गत २४ घण्टामा क्षयरोग उपचार केन्द्र, पोखरामा कुल १२६८ नमुना परिक्षण भएको जानकारी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशकले दिएका छन् । साथै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गत २४ घन्टामा ५२ नमुना परिक्षण भएको छ । यसरी गण्डकी प्रदेशमा गत २४ घण्टामा कुल १३२० नमुना परिक्षण गरिएको छ ।

त्यस्तै दिउसो १:४५ बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ २ जना संक्रमित थपिएका छन् । कोरोना संक्रमित हुनेहरुमा नवलपरासी (ब.सु.पु) जिल्ला, बिनयत्रिबेणी गाउँपालिका-१, का ३७ र ४२ वर्षीय पुरुष २ जना रहेका छन् । यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १५२७ पुगेको छ ।

गण्डकी प्रदेशमा आज बिहान ६:२० बजे थप ६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७०९ जना पुगेको थियो । आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !