१९ बैशाख २०८१, बुधबार

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिममा १३ जनामा कोरोना पुष्टि


सेती प्रादेशिक अस्पताल

धनगढी, साउन ३१ । सुदूरपश्चिम प्रदेशमा आज थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह बेलुकी ५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ७ जना महिलाहरु र ६ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६२९ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ९ जना र कंचनपुरका ४ जनामा कोरोना संक्रमण देखिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !