१४ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुमा स्वास्थ्यकर्मी, प्रहरीसहित थप २८ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

कपिलवस्तु, साउन ३० । कपिलवस्तु जिल्लामा आज दिउसो थप २८ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ पुष्टि भएको कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ९३५ पुगेको छ ।

साउन २५ गते कपिलवस्तुको बुद्ध पदम माविदेखि संकलन गरिएको २२६ नमुनामध्ये २६ वटाको नतिजा पोजेटिभ, १५१ वटाको नतिजा नेगेटिभ र ५० वटा नतिजा आउन बाँकी छ । कपिलवस्तु अस्पतालको थप १ जना र शुद्धोधन गाउँपालिकाको १ जनामा पनि कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन थापाले जानकारी दिएका छन् ।

यसरी कोरोना संक्रमित हुनेमा ७ जना नेपाल प्रहरी, बैंक तथा वित्तिय संस्था, स्वास्थ्यकर्मी, गृहणी, विद्यार्थी, यातायात व्यवसायी लगायत रहेका छन् । कपिलवस्तु जिल्लामा कोरोना संक्रमणकै कारण ४२ वर्षीय व्यवसायीको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !