८ आश्विन २०८१, मंगलबार

नेपालमा संक्रमितको संख्या २४९५७ पुग्यो, आज थपिए कोरोनाका नयाँ ५२५ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

साउन २९, काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५२५ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६८३७ पुगेको छ । यो कुल संक्रमितको ६७.५ % रहेको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

काठमाडौं उपत्यकामा आज थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १११ जना, ललितपुर जिल्लाका ११ जना र भक्तपुर जिल्लाका ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

गत २४ घण्टामा ९८५९ पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४ लाख ८३ हजार २८ पीसीआर विधिबाट परीक्षण गरिएका छन् । क्वारेन्टाइनमा १४७६९ जना र देशभर सक्रिय संक्रमितको संख्या ८०२५ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणवाट मृत्य हुनेको संख्या ९५ जना पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २४ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ४८४ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !