६ बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना जित्नेको संख्या १६८३७ पुग्यो, थप १०९ जना घर फर्किए


घर फर्किए

साउन २९, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०९ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १६८३७ पुगेको छ । यो कुल संक्रमितको ६७.५ % रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी गराएका छन् ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५२५ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९५७ पुगेको छ । काठमाडौं उपत्यकामा आज थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १११ जना, ललितपुर जिल्लाका ११ जना र भक्तपुर जिल्लाका ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

गत २४ घण्टामा ९८५९ पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४ लाख ८३ हजार २८ पीसीआर विधिबाट परीक्षण गरिएका छन् । क्वारेन्टाइनमा १४७६९ जना र देशभर सक्रिय संक्रमितको संख्या ८०२५ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणवाट मृत्य हुनेको संख्या ९५ जना पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या १६७२८ पुग्यो, थप ६४ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !