१३ बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो


मृत्यु

काठमाडौं, साउन २९ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ४जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा १/१ जना गरी ४ जनाको मृत्यु भएको हो । मृतकमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय युवक र मोरङका ५७ वर्षीय पुरुष रहेको गौतमले जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार राज जानकी अस्पतालमा उपचाररत महोत्तरीको महोत्तरी मटिहानी नगरपालिका-६ का ४५ वर्षिय पुरुषको साउन २५ गते मृत्यु भएको हो । उनी क्षयरोग र मधुमेहका ग्रसित थिए । यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत धनुषाको मिथिला नगरपालिका-७ ढल्केवरका ८५ वर्षीया महिलाको साउन २८ गते मृत्यु भएको छ ।

साथै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत अछामको रामारोशन गाउँपालिका-५ का १८ वर्षीय किशोरको साउन २८ गते मृत्यु भएको छ । उनी मुटु रोगबाट ग्रसित थिए । त्यस्तै कोशी अस्पताल बिराटनगरमा उपचाररत मोरङको विराटनगर महानगरपालिका-३ का ५७ वर्षीय पुरुषको साउन २८ गते मृत्यु भएको छ । उनी मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु