८ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यकामा आज १२७ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

काठमाडौं, साउन २९ । काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै बढी १२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १११ जना, ललितपुर जिल्लाका ११ जना र भक्तपुर जिल्लाका ५ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज १३८ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !