१४ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा आज फेरि ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६५६


कोरोना भाइरस

२८ साउन, पोखरा । गण्डकी प्रदेशमा आज बेलुका ६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६५६ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बेलुका ८:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा ६ जनामा कोरोना संक्रमण देखिएको हो । आज कोरोना संक्रमित थपिएकाहरुमा नवलपरासी सुस्ता पूर्व कावासोतीका २ जना, कास्कीका पोखरा महानगरपालिका ३ जना र तनहुँका १ जना रहेका छन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु