४ जेष्ठ २०८१, शुक्रबार

गण्डकी प्रदेशमा आज २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६५०


कोरोना भाइरस

२८ साउन, पोखरा । गण्डकी प्रदेशमा आज बिहान २ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६५० जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ७:५० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा २ जनामा कोरोना संक्रमण देखिएको हो । आज कोरोना संक्रमित थपिएकाहरुमा कास्कीका पोखरा महानगरपालिका-६ र १६ का २ जना पुरुषहरु रहेका छन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा आज थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६५०


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !