१४ बैशाख २०८१, शुक्रबार

व्यायाम र घरेलु उपचारले १२ दिनमा सांसद प्रदीप यादवले कोरोनालाई जितेँ


प्रदीप यादव

वीरगञ्ज, साउन २८ गते । साउन १६ गते कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएका पर्साको निर्वाचन क्षेत्र-१ बाट निर्वाचित सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन् । साउन १६ गते संक्रमण पुष्टि भएदेखि वीरगञ्जस्थित आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका सांसद यादवको मंगलबार पिसिआर रिर्पोट नेगेटिभ आएपछि उनी संक्रमणमुक्त भएका हुन् ।

व्यायाम र घरेलु उपचारले १२ दिनमा कोरोनालाई जितेर कोरोनामुक्त भएको सांसद यादवले बताउएका छन् । सांसद यादवका अनुसार साउन १४ मा खोकी लागेर १५ गते ज्वरो आएको थियो । साउन १६ को बिहानै नारायणी अस्पताल पुगेर स्वाब दिएर आएपछि सोही दिन राति पौने १० बजे पिसिआर रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । सांसद यादव र उनको पीएसओ तथा चालकलाई पनि कोरोना सङ्क्रमण देखिएको थियो । पीएसओ र चालककोे दोस्रो रिपोर्ट पोजिटिभ नै आएको साँसद यादवले बताए ।

नरिवलको पानी, मौसमको जुस, तातोपानी, लसुन, बेसार, गुर्जो (गिलोय) कागती पानीको नियमित सेवन र नियमित व्यायामले कोरोना जित्न सफल भएको उनले बताए । सांसद यादवले घरमा नै आइसोलेसनमा बस्दा कडा रुपमा आईसोलेसनको नियम पालना गरेका थिए ।

साथै उनले २ चम्चा बेसार, २२ पोटी लसुन, कालो नुन, कालो खुर्सानी, २ वटा प्याज र कागतीको पेस्ट बनाएर दिनको ३ पटक सेवन गरे, सुरुको दिन १२ गिलास त्यसपछि हरेक दिन ६/६ गिलास नरिवल पानी खाने गरेको बताएका छन् ।

आईसोलेसनमा बस्दा कडा रुपमा आईसोलेसनको नियम पालना गर्न, उच्च मनोबलका साथ दैनिक व्यायाम गर्दै घरेलु उपचार बिधि अपनाउन सबै कोरोना संक्रमितलाई सांसद यादवले सुझाव दिएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा दिपक प्रसाद गौतमले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु