१८ बैशाख २०८१, मंगलबार

सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

धनगढी, साउन २५ । सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह २:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार १० जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४६ जनाको कोरोना परीक्षण गर्दा दार्चुलाका ५ जना, कैलालीका २ जना र कंचनपुरका ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिममा १० जनामा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिममा ३ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !