४ जेष्ठ २०८१, शुक्रबार

बागलुङमा थप १३ जना मजदुरमा देखियो कोरोना संक्रमण


धौलागिरी अञ्चल अस्पताल

बागलुङ, साउन २४ । बागलुङ जिल्लामा थप १३ जना मजदुरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङको ‘सी ब्लक’भवन निर्माण कार्यका लागि आएका थप १३ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पताल भवनकै लागि आएका २५ वर्षीय युवक १ जनामा गत साउन १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका युवकसहित १८ जनाको समूह साउन १३ गते महोत्तरीबाट आएका थिए । जिल्ला आएलगत्तै १८ जनाकै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकामा १ जनामा मात्रै कोरोना संक्रमण पाजिटिभ देखिएको थियो भने अरु सबैको नेगेटिभ आएको थियो।

एक जनामा मात्रै पोजिटिभ देखिएपनि जिल्ला भित्रिएपछि एक साता सबै मजदुर सँगै बसेकाले बाँकी १७ जनालाई बागलुङ नगरपालिका-१ रामरेखास्थित क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइन राखेको ५ दिनपछि पुनः स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १३ जनाको रिपोर्ट पोजिटिभ आएको धौलागिरी अस्पताल स्रोतले जानकारी दिएको छ ।

महोत्तरीबाट आएर धौलागिरी अस्पतालको ‘सि ब्लक’ भवनमै बसेका १८ मध्ये १४ जनामा कोरोना संक्रमण भएपछि अस्पतालको भवन निर्माण कार्य प्रभावित भएको छ । शनिबार कोरोना पुष्टि भएका १३ जनालाई धौलागिरी बहिरा बिद्यालयको प्रिआइसोलेसनमा राखिने भएको छ । यसअघि कोरोना पुष्टि भएका अर्का मजदुरलाई भने धौलागिरी क्याम्पसको प्रिआइसोलेसनमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !