१८ बैशाख २०८१, मंगलबार

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिममा ७ जनामा कोरोना पुष्टि


सेती प्रादेशिक अस्पताल

धनगढी, साउन २४ । सुदूरपश्चिम प्रदेशमा आज थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह २:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ७ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४०७ जनाको कोरोना परीक्षण गर्दा कंचनपुरका ३ जना र कैलालीका ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिममा ७ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !