४ जेष्ठ २०८१, शुक्रबार

गण्डकी प्रदेशमा आज बिहानै ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५६६


कोरोना भाइरस

२२ साउन, पोखरा । गण्डकी प्रदेशमा आज बिहान ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५६६ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका-४ का २२ वर्षीय पुरुष १ जना, पर्वतको कुश्मा-१३ का ३० वर्षीय महिला १ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा गोरखाको पालुङटार-६ र ९ क २ जना पुरुषहरु, सिरानचोकका १ जना पुरुष, बारपाक सुलिकोट २ जना पुरुषहरु र गोरखा बजारको १ जना पुरुषमा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ ।

त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही गरिएको परीक्षणमा नवलपरासी सुस्ता पूर्व हुप्सेकोटका ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा आज बिहानै ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५६६


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !