१४ बैशाख २०८१, शुक्रबार

२१ दिन कर्फ्यु सहितको लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञहरुको सुझाव


प्रधानमन्त्रीलाई विज्ञहरुको सुझाव

काठमाडौं, साउन २० । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूसँग बालुवाटारमा भएको करीव साढे ४ घण्टा लामाे परामर्श सम्पन्न भएकाे छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले आजकाे छलफल अत्यन्तै उपलब्धिमूलक रूपमा टुंगिएकाे जानकारी दिएका छन् ।

जनस्वास्थ्य विज्ञहरुले कोरोना भाइरस संक्रमितहरुको संख्या वृद्धि हुँदै गएकाले कर्फ्यु सहितको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । उनका अनुसार विज्ञहरूबाट लकडाउन कडाइ गर्ने वा २१ दिन ताेकेर कर्फ्यु लगाउने वा संक्रमण बढेका स्थानमा सिल्ड गर्ने र नागरिक उत्तरदायित्व बढाउने जस्ता मिश्रित सुझावहरू प्राप्त भएका छन् ।

बालुवाटारमा प्रधानमन्त्री ओलीले आज बिहान ११ बजेदेखि चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, स्वास्थ्य क्षेत्रका संघ संस्थाका प्रतिनिधिसँग छलफल गरेका हुन् । पछिल्लो एक महिनामा हिजो सोमबार सबैभन्दा बढी संक्रमित भेटिएपछि नयाँ रणनीति बनाउन विज्ञसँग छलफल गरिएको हो । सरकारले संक्रमित बढी भएका स्थानमा मात्रै लकडाउन गर्ने नीति लिएको छ ।

छलफलमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, अर्थ र स्वास्थ्यमन्त्री सहभागी भएका थिए । सभापति देउवाले पीसीआर परीक्षण तीब्र बनाउन, आइसोलेसन र भेन्टिलेटरको प्रबन्ध गर्न ध्यानाकर्षण गराएका थिए ।

अस्पतालमा पूर्वाधार बढाउन आइसीयू र भेन्टिलेटर उपलब्धता बढाउन पनि जाेड दिइएकाे छ । निष्कर्षमा प्रधानमन्त्री ओलीले विभिन्न खाले सुझावहरू आएकाेमा सरकारले आवश्यक र जायज सुझावहरू कार्यान्वयन गरी अगाडि बढ्ने तथा सिंगाे देश एकताबद्ध भएर काेराेना संक्रमणलाई पराजित गरिछाड्ने बताएका छन् ।

यो पनि पढ्नुहोस्

२ हप्ता फेरि लकडाउन गर्न विज्ञको सुझाव : प्रधानमन्त्री ओली सकारात्मक

कोरोना संक्रमण रोकथामबारे विज्ञ र विपक्षी दलका नेतासँग सल्लाह लिँदै प्रधानमन्त्री


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु