२५ बैशाख २०८१, मंगलबार

धरानमा थप ९ जनामा कोराेना संक्रमण पुष्टि


कोरोना भाइरस

धरान, साउन १८ । पूर्वको सुन्दर नगर धरानमा आज आइतबार थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा धरान औद्योगिक क्षेत्रको उद्योगमा कार्यरत ५ जना र एन्फा क्वारेन्टाइन बसेका ४ जना रहेका छन् ।

धरान उपमहानगरपालिकाका अनुसार धरान औद्योगिक क्षेत्रको प्रिति भल्व उद्योगमा काम गर्ने २ जना कर्मचारीका परिवारमध्ये १ जना विराटनगरका स्थायी बासिन्दा हुन भने अर्का जनकपुरका स्थायी बासिन्दा हुन् ।

धरान-१ मा बस्दै आएका विराटनगर घर हुने कर्मचारी हुन् भने धरान-८ मा बस्ने जनकपुर घर हुने कर्मंचारी हुन् । जनकपुर घर भएका कर्मचारीका श्रीमती, छोरी र छोरालार्ई संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिका अनुसार अन्य ४ जना पुरुषहरु भारतीय गोर्खा सेनामा कार्यरत सैनिकहरु हुन् । भारतको मणिपुरबाट आई उनीहरु साउन १४ गते आएर धरान १७ मा रहेको एन्फा क्वारेन्टाइनमा बसेका थिए । उनीहरु सबैको घर धरान नै हो ।

साउन १५ गते ५० जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा थप ९ जनामा कोरोना पोजिटिभ देखिएको हो । थपिएका संक्रमितसहित धरानमा कोरोना संक्रमितको संख्या २४ जना पुगेको छ ।

संक्रमित सबैलाई आइतबारै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित आइसोलेसन सेन्टरमा पठाइएको छ । यसैबीच धरानमा कोरोना सक्रमण बढेपछि उपमहानगरपालिकाले ‘र्‍यान्डम स्याम्लिङ’ विधि अनुसार पीसीआर परीक्षण गर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !