४ जेष्ठ २०८१, शुक्रबार

गण्डकी प्रदेशमा आज फेरि २२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३९९


कोरोना भाइरस

१२ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज फेरि दिउसो २२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३९९ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज फेरि दिउसो ३:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशको स्याङजाको पुतलीबजारका १८ जना, कास्कीको रुपा र माछापुछ्रेका २ जना र लम्जुङको मध्यनेपाल र दुधपोखरीका २ जना गरी २२ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज दिउसो १२:०० बजे मात्र स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले एक प्रेस बिज्ञप्ति जारी गर्दै २ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका थिए ।आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा आज फेरि २२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३९९


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !