२३ बैशाख २०८१, आइतबार

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

साउन ११, काठमाडौँ ।  नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १३० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८६१३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १ जना, मोरङका १ जना, इलामका ८ जना र सिराहाका १ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका २ जना, उदयपुरका १ जना, तेह्रथुमका १ जना र मोरङका २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १ जना र महोत्तरीका २ जना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्साका १ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा दाङका १ जना, काठमाडौंका २ जना, नुवाकोटका १ जना र सोलुखुम्बुका २ जना कोरोना पुष्टि भएको छ ।

साथै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना र पर्साका ३ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ जना, रौतहटका १ जना र मकवानपुरका १ जना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा बाराका १ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा कास्कीका १ जना, काठमाडौंका ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा गोरखाका २ जना, कास्कीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका १ जना र अर्घाखाँचीका १ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका २ जना बर्दियाका ६ जना र जुम्लाका १ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रोल्पाका ३ जनामा कोरोना पुष्टि भएको छ ।

साथै सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका १ जना र सुर्खेतका ३ जना, दैलेख प्रयोगशालामा दैलेखका २४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका १४ जना, बाजुराका ३ जना कंचनपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !