५ जेष्ठ २०८१, शनिबार

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

साउन १०, काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १०९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८४८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको झापाका एकजना र खोटाङका १ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका ११ जना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्साका ८ जना र रौतहटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साथै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सर्लाहीका १ जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका १ जना, किटजन्य रोग अनुशन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका १ जना, मकवानपुरमा १ जना, नवलपरासी पूर्वका १ जना, रौतहटका ३ जनतामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसका साथै पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १ जना, ललितपुरका १ जना र अछामका १ जनामा कोरोला संक्रमण पुष्टि भएको छ । वीर अस्पतालमा गरिएको परीक्षणमा बाराका २ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका ३ जना, कपिलवस्तुका ६ जना र पाल्पाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा बाँकेका २ जना, बर्दियाका २ जना, दाङका ५ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ३ जना र तनहुँका १ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा अछामका २ जना, कालीकोटका ३ जना, दैलेखका ३ जना, हुम्लाका १ जना, जाजरकोटका ६ जना, मुगुका २ जना, सुर्खेतका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका ४ जना, डोटीका १३ जना र बैतडीका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !